६ कार्तिक २०८३, शुक्रबार

फक्सट्रट चार्ली अपरेशन: थप एकजना डाक्टर पक्राउ (अपडेट)

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा थप एकजना डाक्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी पिपरा-८ का रञ्जितकुमार यादव रहेका छन् । उनी प्राइभेट क्लिनिकमा काम गर्दै आएका थिए ।

यादवसँगै सीआईबीले यसअघि काँग्रेस सांसद सुनिल शर्मा र त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई पक्राउ गरिसकेको छ ।

सीआईबीले शैक्षिक प्रमाणपत्र कीर्ते गर्नेलाई पक्राउ गर्न फक्सट्रट चार्ली अपरेशन चलाइरहेको जानकारी दिएको छ ।

अपरेशन देशैभर सञ्चालित छ । यो प्रकरणमा थप अरू पनि पक्राउ पर्ने सीआईबीले बताएको छ ।