२८ कार्तिक २०८३, शनिबार

दुई संसदीय समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।  राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्नेछ भने दिगो विकास तथा शुसासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय, परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारको उपाय सम्बन्धमा छलफल हुनेछ भने दिगो विकास तथा सुशासन समितिमा समितिको आ.व. २०८०/०८१ को कार्ययोजनाको सम्बन्धमा, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा शुसासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदन सम्बन्धमा र संकल्प प्रश्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट पेस भएको कार्यान्वयन कार्ययोजनाको सम्बन्धमा छलफल हुनेछ ।