
काठमाडौं, २४ साउन । केही दिनअघि जुम्लाको गुठीचौर गाउँपालिकाका आठवटा घरमा आगजनी गरिएको घटनाले तरंग ल्यायो ।
गाउँका घरमा साथै राखिएका सामानहरूमा राति आगजनी भएपछि स्थानीयहरू त्रसित भएका थिए ।
प्रहरीले घटनाको केही दिनपछि ३० वर्षीय रत्न अधिकारीलाई पक्राउ गर्यो । गुठीचौर गाउँपालिका–४ का अधिकारी अहिले चन्दननाथ नगरपालिका भण्डारीबाडामा बस्दै आएका थिए ।
उनले प्रहरीलाई बयानका क्रममा गरिबीका कारण यो घटना घटाएको बताएका छन् । आफू गरिब भएको भन्दै गाउँलेले ऋणसमेत नपत्याएपछि रिस पोख्न सबैको घरमा आगो लगाउँदै हिँडेको अधिकारीले बयानमा भनेका छन् ।
उनले गाउँलेको घरमा आगो लगाउने, राखिएका ट्याक्टरसहित सामानहरूमा आगो लगाएका थिए ।















प्रतिक्रिया