१ कार्तिक २०८३, शनिबार

नवौँ राष्ट्रिय खेलकुद २०७९ मा जम्मा कति खर्च भयो ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले गण्डकी प्रदेशमा गत असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको हो ।

प्रतियोगितामा ५३ करोड ७९ लाख खर्च भएको राखेपले जनाएको छ । प्रतियोगीता सम्पन्न गर्न नेपाल सरकारबाट ६० करोड १० लाख र आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सय गरी कुल ६० करोड ६१ लाख ५२ हजार सात सय कुल आम्दानी भएको राखेपले जनाएको छ ।

खर्च कटाएर जम्मा ६ करोड ८२ लाख ४८ हजार रुपैयाँ बचत भएको पनि राखेपले जनाएको छ । पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियागिता अन्तर्गत विभिन्न शीर्षकको रकम रकमान्तर प्रक्रिया पूरा गर्न २०८० साल असार पहिलो हप्तासम्म लागेको र तत्पश्चात भुक्तानी हुँदा खर्चको एकीन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको बताए ।

नवौँ राष्ट्रिय खेलकुदमा ३४१४ जना पुरुष र २७१३ जना महिलासहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिपर्धा गरेका थिए ।

११ टीमको सहभागिता रहेको खेलकुदमा नेपाल आर्मीले प्रथम उपाधी प्राप्त गरेको थियो ।