
काठमाडौं, २४ साउन । नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको छ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको एमालेले आज पनि बैठक अवरूद्व गरेको हो ।
सुरूमै सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए । सभामुखले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले अगाडि आएर नाराबाजी गरेका थिए ।
नाराबाजीपछि सभामुख घिमिरेले बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।















प्रतिक्रिया