
काठमाडौं, २४ साउन । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ ।
५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको टेलिकमले जानकारी दिएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा कार्ड हराएको बताइएको छ ।
टेलिकमले सूचना जारी गर्दै हराएको कार्ड फेला परेमा फिर्ता गर्न आग्रह गरेको छ । सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो।
ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।
हराएका कार्डमा पैसा नहुने टेलिकमले बताएको छ ।
















प्रतिक्रिया