
मकवानपुर, २४ साउन । हिजो भारी वर्षासँगै पहिरो जाँदा घरसँगै पुरिएका दुई जना मृत फेला परेका छन् ।
मकवानपुरको बागमती र काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका छुट्टाउने सिक्रे दोभानमा घर बगाउँदा बेपत्ता बनेका बाबुछोरी आज बिहान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङतान र उनको २२ वर्षीय छोरी शिला स्याङतान पहरी सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१ कोकरे स्थित बागमती नदिको बीच बगरमा मृत फेला परेका हुन् ।
हिजो सिक्रे दोभानका स्थानीय अक्कलबहादुरको घर बगाउँदा उनीसँगै उनको श्रीमती ५५ वर्षीया सन्त स्याङतान, उनको छोरी २२ की शिला पहरी, ज्वाई २५ वर्षी जिवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिब्या पहरी र पाहुना लागी बास बसेका सिन्धुली हरिहरपुरका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका थिए ।
पासाङलाई हिजो साँझ १४ घण्टापछि सकुशलै उद्धार गरिएर उपचारको लागि हेटौंडा पठाइएको थियो ।
यसैगरी, हिजो बिहानै ५५ वर्षीया सन्तको उद्धार गरिए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











प्रतिक्रिया