
काठमाडौं, २४ साउन । नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेल शुक्रबारदेखि हुनेछन् । मंगलबार क्वाटरफाइल समीकरण पूरा भएसँगै अन्तिम आठका खेल शुक्रबारदेखि हुन लागेको हो ।
मंगलबार अन्तिम १६ को खेलमा फ्रान्स र कोलम्बिया क्वाटरफाइनल प्रवेश गरेसँगै अन्तिम ८ का टोलीको टुंगो लागेको हो ।
क्वाटरफाइनलको पहिलो खेलमा शुक्रबार बिहान पौने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ ।
यस्तै सोही दिन दिउँसो सवा १ बजे जापान र स्विडेन खेल्नेछन् । शनिबार दिउँसो पौने १ बजे अस्ट्रेलिया र फ्रान्स तथा अपराह्न सवा ४ बजे इङ्गल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।
३२ राष्ट्र सहभागी विश्वकपको फाइनल खेल अगस्ट २० मा अष्ट्रेलियामा हुनेछ ।















प्रतिक्रिया