२९ कार्तिक २०८३, आइतबार

३३ किलो सुन तस्करी हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिएः नेता रिजाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेकपा (एमाले)का नेता विष्णु रिजालले ३३ किलो सुन तस्करी हुँदा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार रहेको स्मरण गराएका छन् ।

हिजोको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३३ किलो सुनको विषय उठाएपछि नेता रिजालले सो स्मरण गराएका हुन् ।

‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो र जनार्दन शर्मालाई विनाविभागीय बनाएर उहाँले गृहमन्त्रालय पनि आफैँ सम्हाल्नुभएको थियो । अनि उहाँका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्थ्यो, जुन घटना २०७४ माघ ८ गते भएको हो । केपी ओली प्रधानमन्त्री त्यसको २५ दिनपछि अर्थात् २०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले भागबण्डा लगाएर सुन पुर्‍याउनु पर्ने ठाउँ (शक्ति केन्द्र !) हरुमा पुर्‍याइसकेका थिए ।’ नेता रिजालले फेसबुकमा लेख्दै भनेका छन्, ‘पछि सरकारले छानबिन गर्दा केही अभियुक्तहरु फेला परेर, गोरे उप्रेतीलगायत जेलमा पनि छन् । तर, सुनको व्यवस्थापन २५ दिनभित्र नहुने कुरै भएन, देउवाकै पालामा सबै काम फत्ते भइसकेको थियो । तथ्य यही हो । यसभन्दा केही फरक छ भने सार्वजनिक गर्दा हुन्छ ।’

यस्तो छ रिजालको फेसबुक स्टाटसः

३३ किलो सुन किन फेला परेन ?
‘विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनका बारेमा खोजबिन गर्दा एक तोला पनि पाइएन’ भनेर हिजो संसद्मा गृहमन्त्री बोलेको सुनियो र अरुले पनि त्यो कुरा उठाइरहेका छन् । यसको छानबिन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएकाले त्यसप्रति लक्षित गरी बोलेको बुझिन्छ ।
यथार्थ चाहिँ भिन्न छ ।
३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो र जनार्दन शर्मालाई विनाविभागीय बनाएर उहाँले गृहमन्त्रालय पनि आफैँ सम्हाल्नुभएको थियो । अनि उहाँका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्थ्यो, जुन घटना २०७४ माघ ८ गते भएको हो । केपी ओली प्रधानमन्त्री त्यसको २५ दिनपछि अर्थात् २०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले भागबण्डा लगाएर सुन पुर्याउनुपर्ने ठाउँ (शक्ति केन्द्र !) हरुमा पुर्याइसकेका थिए । पछि सरकारले छानबिन गर्दा केही अभियुक्तहरु फेला परेर, गोरे उप्रेतीलगायत जेलमा पनि छन् । तर, सुनको व्यवस्थापन २५ दिनभित्र नहुने कुरै भएन, देउवाकै पालामा सबै काम फत्ते भइसकेको थियो ।
तथ्य यही हो । यसभन्दा केही फरक छ भने सार्वजनिक गर्दा हुन्छ ।