
काठमाडौं, २४ साउन । नेकपा (एमाले) मधेश प्रदेश अन्तर्गतको आठै जिल्ला कमिटीले लम्पी स्किनका कारण पशु क्षतिको क्षतिपूर्ती तथा खोप व्यवस्थाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार एमालेको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

एमाले केन्द्रीय सचिव एवं मधेश इन्चार्ज योगेश भट्टराईले प्रदेशको आठै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनका अनुसार सुख्खाका कारण सिंचाइ, खेतिपाती, खाद्यान्न र पिउने पानीमा परेको असर, अतिबृष्टिका कारण उत्पन्न हुनसक्ने बाढी र डुवानको समस्या र त्यसको रोकथामका लागि पुर्व तयारीका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
यसैगरी, समय मै मलखादको सहज प्रबन्ध मिलाउन र मिटरब्याज पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराइएको ज्ञापन पत्रमा उल्लेख छ ।












प्रतिक्रिया