
काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणको अनुसन्धान बिचैमा रोकिन सक्ने आशंका व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण तथा पदस्थापन कार्यक्रममा बोल्दै कोईरालाले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको अनुसन्धान अझैपनि निष्कर्षमा पुग्न नसकेको भन्दै सुन तस्करी प्रकरणको अनुसन्धान बिचैमा रोकिन सक्ने बताएका हुन् ।
कोइरालाले भ्रष्टाचारका मुद्दामा ठूला मान्छेहरू मुछिएपछि अनुसन्धान बिचैमा रोकिने गरेको उल्लेख गरे । कोइरालाले सुनकाण्डमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले छानविन गर्नु अचम्म लाग्दो बिषय भएको जिकिर गरे ।
उनले लगातार सदन अवरुद्ध हुदा निकै क्षति भएको भन्दै सत्तापक्ष र प्रतिपक्षीले गम्भीर भएर सोच्नुपर्ने धारणा राखे ।
कोइरालाले कांग्रेसको केन्द्रीय समिति बैठकमा खुल्ला रुपमा छलफल हुन नपाएको बताउँदै बैठक प्रत्यक्ष प्रसारण हुँदा सदस्यहरूले खुलेर अभिव्यक्ति दिन नसकेको बताए ।















प्रतिक्रिया