
काठमाडौं, १७ साउन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै काठमाडौंमा टर्चलाईट जुलुश निकालेको छ ।
क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि सरकारले आँखा चिम्लिएकाले टर्च लाईट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुले प्रकरणमा संलग्नहरूलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ ।
काठमाडौंको माइतीघरबाट सुरू भएको विद्यार्थी संगठनको जुलुश नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।















प्रतिक्रिया