
काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
बुधबार माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव सहितका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उनीहरूलाई खादा र अवीर लगाई स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा केन्द्रीय सदस्य यादवसहित माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य सलाउद्दीन अहमद र कृष्णमोहन प्रसाद यादव, जिल्ला कमिटी सदस्य दीपेन्द्र चौधरी रहेका छन् ।
त्यसैगरी, माओवादी कार्यकर्ता छोटेलाल महतो, अखिलेश महतो, राजवंशी यादव, हसमुदिन देवान र छोटी यादव पनि एमालेमा प्रवेश गरेका हुन् ।















प्रतिक्रिया