२८ कार्तिक २०८३, शनिबार

अब जुम्लाको गुठिचौरमा रक्सी पिउन ‘रक्सी सेवन कार्ड’ अनिवार्य, दैनिक एक बोतल मात्र पाइने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा (रक्सी) नियन्त्रण कार्यवेधि, २०८० सर्वसम्मत पारित गरेको छ । योसँगै अब यहाँ मदिरा सेवन गर्न अनिवार्य रक्सी सेवन कार्ड लिनुपर्ने भएको छ । यो नियम आउँदो भदौ १ गतेबाट लागु हुने र मदिरा सेवन गर्न चाहने सबैले सेवन कार्ड र अन्यबाट आएका अतिथि पाहुनाको लागि अतिथि रक्सी सेवन कार्ड बनाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

रक्सी सेवनकर्ताले दैनिक १८० मिलि र बियर भएमा एक बोतल मात्र सेवन गर्न पाउने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

रक्सी सेवनकर्ताहरुले रक्सी पिए बापत गाउँपालिकालाई वार्षिक रूपमा ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । कार्डका लागि थप ५०० रुपैयाँ तिर्नुपर्ने छ । अतिथि कार्डबापत प्रत्येक दिन १०० रुपैयाँका दरले शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले रक्सी बिक्री वितरण गर्ने समय पनि छुट्याइदिएको छ । सूचनामा उल्लेख अनुसार होलसेल बिक्रेताले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने छन् भने बिक्रेताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्रै रक्सी बिक्री वितरण गर्न पाउने छन् ।

यसैगरी, मदिरा सेवन गरी समुदायमा होहल्ला, शान्ति भंग हुने क्रियाकलाप गर्नेलाई पहिलोपटक एक हजार रुपैयाँ जरिवाना र दोस्रो पटक दुई हजारका दरले जरिवाना गरिने गाउँपालिकाले जनाएको छ । मदिरा बिक्री वितरणकर्ता, ओसार पसारकर्ता र उत्पादनकर्ताले कार्यविधिको उल्लंघन गरेमा पहिलो पटक १० हजार र दोस्रो पटक २० हजार रुपैयाँ जरिवाना गरिने गाउँपालिकाको सूचनामा उल्लेख छ ।