६ कार्तिक २०८३, शुक्रबार

दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

नगरपालिकाकै क्वार्टरमा निरौलाको एक महिलासँग अनैतिक क्रियाकलाप गर्दै गरेको घटना बाहिरिएपछि मन्त्रालयले निरौलालाई पत्र पठाउँदै उपस्थित हुन निर्देशन दिएको हो ।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।