६ कार्तिक २०८३, शुक्रबार

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ: प्रधानमन्त्री प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पशुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित छलफलमा प्रधानमन्त्रीले यस विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताए ।

लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरूबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे ।

प्रधामन्त्री प्रचण्डले भने,’छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र क्षति पनि ।’

प्रचण्डले आगामी दिनमा पनि यि र यस्तै समस्या आउन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए । ‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं,’ प्रधानमन्त्रीले भने ।

चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने उनको धारणा थियो ।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै उनले किसानहरूलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्नेमा जोड दिए ।

किसानलाई राहत दिनुका साथै हाल नि:शुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न प्रचण्डले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।