६ कार्तिक २०८३, शुक्रबार

क्वार्टरमै अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा प्रवेश निषेध

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १५ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरूप्रसाद निरौलालाई कार्यालय प्रवेशमा निषेध गरिएको छ ।

नगरपालिकाले उपलब्ध गराएको निवासमा नै उनले एक महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपनि स्थानीय जनप्रतिनिधिहरूले नै उनलाई कार्यालय प्रवेशमा निषेध गरेका हुन् ।

गत शनिबार सरकारी निवासमा एक महिलासँगको आपत्तिजनक भिडिओ टिकटकमार्फत सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण मेटाउनका लागि आइतबार बिहानै कोठाको रंगसमेत परिवर्तन गरेका थिए ।