
काठमाडौं, ९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा परेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाई हुँदैछ ।
यसअघि हिजो रिटलाई पूर्ण इजलासमा सुनुवाई गर्न आदेश गर्दै सुनुवाई स्थगित भएको थियो ।
आज न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको हो ।
मुख्यमन्त्री नियुक्तिमा सभामुख बाबुराम गौतमलेसमेत हस्ताक्षर गरेपछि सरकार गठन असंवैधानिक रहेको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।















प्रतिक्रिया