
काठमाडौं, ८ साउन । नेपाली पौडीवाज गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छन् ।
जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३’को एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । उनले निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन् ।
कुल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन् । यसअघि पनि उक्त कीर्तिमान गौरिकाकै नाममा रहेको थियो ।
उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।















प्रतिक्रिया