६ कार्तिक २०८३, शुक्रबार

स्वास्थ्य मन्त्रालयद्वारा औषधी पसलमा अनुगमन, म्याद गुज्रिएका औषधीसमेत भेटिए (भिडिओसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौंमा रहेका केही औषधी पसलको अनुगमनमा औषधी व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि गएका थिए ।

सो क्रममा औषधी पसलमा म्याद गुज्रिएका औषधीहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरू पनि राखिएको भेटिएको छ । नमुना प्रति औषधी र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधी पसललाई कारवाही समेत गरिएको छ ।

मन्त्री बस्नेतले औषधी पसललाई व्यवस्थीत गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए ।

उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए ।