
काठमाडौं, ८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व परेको रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ ।
आजका लागि सुनुवाईको पेशी तोकिएपनि पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश भएको हो । आजका लागि न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो।
पूर्ण इजलासमा तीनजना न्यायाधीशको रहने कि ५ जना भन्ने मंगलबार नै टुंगो लाग्ने छ।
थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमलेसमेत हस्ताक्षर गरेपछि एमालेका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले सभामुख सहभागी भएर गठन भएको असंवैधानिक सरकार खारेजीको माग गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।















प्रतिक्रिया