
काठमाडौं, ८ साउन । कृषिमन्त्रीको राजीनमा माग्दै कालिमाटीमा प्रदर्शन भएको छ ।
नौ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा मन्त्री वेदुराम भुषालको राजीनमा माग्दै प्रदर्शनका गरेका हुन् ।
उनीहरूले कालिमाटी तरकारी बजारका सटर पुन: भाडामा दिने सम्झौता खारेजीको माग राखेका छन् ।
तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने लगायतका माग उनीहरूले अगाडि सारेका छन् ।















प्रतिक्रिया