६ कार्तिक २०८३, शुक्रबार

अहिलेको बजेटले दीर्घकालीन रूपमा राम्रो नतिजा ल्याउँछ: अर्थमन्त्री महत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको बजेटले दीर्घकालीन रूपमा राम्रो नतिजा ल्याउने दावी गरेका छन् ।

नेपाल प्रेस युनियन रूपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने भन्दै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने दावी गरे ।

महतले मौद्रिक नीतिले बैंकहरूको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्र लगायत बजार चलायमान हुने जिकिर गरे । उनले सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेकाले सुन प्रकरण लगायतका भष्ट्रचारका मुद्धाहरूलाई जरैदेखी अनुसन्धान गरिरहेको दाबी गरे ।

महतले सूचना प्राप्त भएका कारण नै अवैध सुनलाई नियन्त्रणमा लिएको र आगामी दिनमा भन्सारमा देखिने कमजोरी हटाउन प्रविधिको विस्तारमा ध्यान दिईने जिकिर गरे ।

कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेर नयाँ प्रयोग गरेको धारणा राखे । मन्त्री महतले प्रत्यक्ष प्रसारणले कांग्रेसको यथार्थता जनताले बुझेको बताए ।