६ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीले श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिसँग गरे भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग भेटवार्ता गरेका छन् ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका अध्यक्ष ओलीले आइतबार सिरिसेना र जोनाथनसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन् ।

यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए ।

साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया गएका ओली आज स्वदेश फर्कने कार्यक्रम छ ।

अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल त्यसतर्फ गएका थिए ।