
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । बैठक अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।
गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम रहेको छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । आजकै बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया