२८ कार्तिक २०८३, शनिबार

मलामी गएका एकजना सानीभेरी नदीमा बेपत्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रुकुम पूर्व, ८ साउन । रुकुम पूर्वमा मलामी गएका एक जना सानीभेरी नदीमा बेपत्ता भएका छन् । आइतबार सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ वर्षीय छविलाल पुन नदीमा बेपत्ता भएका हुन् ।

आइतबार दिउँसो मलामी गएका पुन दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदीमा चिप्लिएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । बेपत्ता पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।