
काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको एकसय किलो बढि अवैध सुन प्रकरणमा आइतबार पक्राउ परेका भन्सार अधिकृतसहित ६ जनालाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
पक्राउ परे लगत्तै उनीहरूलाई म्याद थपका लागि अदालत लगिएको थियो ।
राजस्व अनुसन्धान विभागले भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ, एजेन्टहरू रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुलीलाई पक्राउ गरेको हो ।
सुन भन्सार चेक जाँचबाट बाहिरिँदा उनीहरू ड्युटीमा थिए । विभागले यसअघि नै सुन तस्करीमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ ।















प्रतिक्रिया