
काठमाडौं, ७ साउन । नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल संवाद गरेका छन्।
संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया