
काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थनका लागि भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।
भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमबाट पछि नहट्न र यसलाई निरन्तर अघि बढाउन आम नागरिकको समर्थनका लागि भन्दै अखिल क्रान्तिकारीले हस्ताक्षर अभियान सुरु गरेको हो ।
काठमाडौंको माइतीघरबाट सुरु भएको हस्ताक्षर अभियान देशैभर सञ्चालन गर्ने अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बताइन् । भुटानी शरणार्थी प्रकरणदेखि विमानस्थल सुन प्रकरणसम्ममा सरकारलाई पछि नहट्न दवाव दिने उदेश्यले पनि हस्ताक्षर अभियान सुरु गरिएको उनले बताइन् ।
सिंहले भ्रष्टाचारको जरो नउखेलेसम्म सुशासन र समृद्धि हासिल गर्न असम्भव भएकाले यसलाई निरन्रता दिनुपर्ने जिकिर गरिन् ।
हस्ताक्षर अभियानमा सहभागीहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदम, युवा विद्यार्थीहरुको साथ रहनेछ हरदम, जहाँ हुन्छ भ्रष्टाचार त्यहाँ हुन्छ प्रतिकार, ए भ्रष्टाचारी कस्तो लाग्दै छ ? जेलको भारी, प्रचण्ड सरकारले सुशासनको बाटोबाट भ्रष्टाचारीहरू हटाउँछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया