
काठमाडौं, ७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा आएका गुनासाहरूप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन् ।
यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पोशाक तथा परिचयपत्र वितरण कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी भएको समेत बताए ।
उनले इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्वपूर्ण आयोजना भएकाले यसलाई सबैले सहयोग गर्नुपर्ने मन्त्री ज्वालाको भनाइ थियो ।
त्यस्तै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताए ।
उनले मन्त्रालय र महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया