
काठमाडौं, ७ साउन । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ ।
आज पनि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । यसैबीच आजको बैठकमा केन्द्रीय सदस्य मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा धरै मन नडुलाउन आग्रह गरेका छन् ।
उनले महामन्त्रीले दलको नेतामा मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतिर हुने र इन्ट्रेस्ट मिल्ने बताए ।
‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म मज्जैले अगाडि लैजान सकौं भनेर’, उनले भने । रिजालले अगाडि भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भनेर खोज्दै जाँदाखेरि संसदीय दलमा धेरै मन डुलाएजस्तो पाइयो, त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’















प्रतिक्रिया