६ कार्तिक २०८३, शुक्रबार

कोशी सरकारका मुख्यमन्त्री कार्कीको नियुक्तिविरूद्वको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव कार्कीको नियुक्तिविरूद्व परेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको छ । यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेपछि विवाद भएको थियो ।

मुख्यमन्त्री नियुक्ति गर्ने निर्णय बदर गर्न माग गर्दै पूर्व मुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।