६ कार्तिक २०८३, शुक्रबार

भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालतको आदेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले बुधबार नै केही संरचना भत्काइसकेको छ ।

महानगरपालिकाले सूचना जारी गरेलगत्तै अदालतमा महानगरको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट परेको थियो ।

अदालतका न्यायाधिस श्यामजी प्रधानको इजलासले तत्काल संरचना नभत्काउन अल्पकालिन आदेश दिएको हो । अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।