६ कार्तिक २०८३, शुक्रबार

सरकार र सिसडोलवासीबीचको छलफल निष्कर्षविहीन, काठमाडौंको फोहोर तत्काल नउठ्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने नुवाकोटको सिसडोल र बञ्चरेडाँडाका स्थानीय र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।

सहरी विकास मन्त्रालय र स्थानीयबीच आज भएको वार्ता निष्कर्षविहीन भएको हो । स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै मंगलबारबाट फोहोर फाल्न दिएका छैनन् ।

आजको बैठक निष्कर्षमा नपुगेसँगै केही दिन काठमाडौंको फोहोर नउठ्ने पक्का जस्तै भएको छ ।

आजको छलफलमा सिसडोल र बञ्चरेडाँडामा अव्यवस्थित तवरले फालिएको फोहोर व्यवस्थापन गर्ने र प्रकोपको रूप लिएको झिँगा नियन्त्रण गर्नेबारे कुराकानी भएको साथै फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्ने, झिँगा नियन्त्रणका लागि बिहीबार नै चिकित्सक सहितको टोली पठाउनेबारे छलफल भएको बताइएको छ ।

आइतबार काठमाडौँ महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेको र उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने छलफलमा सहभागी ककनी गाउँपालिका वडा न।३ वडा अध्यक्ष धनराज बजगाईंले जानकारी दिए ।