
काठमाडौं, ३ साउन । काभ्रेपलाञ्चोकको धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस साँगामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित पाँचजना घाइते भएका छन् ।
काभ्रे र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बा ४ ख ९३९६ को बस दुर्घटनामा परेको हो ।
बस साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।
बसमा १५ जना यात्रु सवार थिए ।
भिडिओ: नारायण सापकोटा















प्रतिक्रिया