
काठमाडौं, ३ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सानदार जित निकालेको छ ।
आफ्नो अन्तिम खेलमा युएई ए लाई नेपालले तीन विकेटले पराजित गरेको हो । नेपालको जितका लागि कुशल भुर्तेलले अलराउण्ड प्रदर्शन गरे । उनले ६ विकेट तथा सानदार अर्धशतक बताए ।
पि सारा ओभल कोलोम्बोमा युएईले नेपाललाई दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए ।
भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा र देव खनालले समान २४र२४ रन बनाए । युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १र१ विकेट लिए । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ । युएई जितविहीन भएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।















प्रतिक्रिया