
काठमाडौं, ३ साउन । काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर सदन सञ्चालन भएको पाइएपछि महानगरले डोजर चलाएको हो ।
महानगरले भवन खाली गर्न तीन दिनअघि नै सूचना जारी गरको थियो । सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो ।
त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । आश्रममा रहेका वृद्धवृद्धाहरुलाई महानगरले मानवसेवा आश्रम पठाउने तयारी गरेको छ ।















प्रतिक्रिया