
काठमाडौं, ३ साउन । काठमाडौंको सिनामंगलस्थित एक सुनचाँदी पसल अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।
पर्चामा चन्दा माग गरिएको थियो । शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया