
काठमाडौं, ३ साउन । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज आफ्नो अन्तिम खेलमा नेपाल र युएई ‘ए’बीच प्रतिस्पर्धा हुँदैछ ।
कोलोम्बोमा हुने नेपाल र युएई ‘ए’ बीचको खेल बिहान १०ः१५ बजेबाट सुरु हुनेछ । समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै समूह चरणबाट बाहिरी सकेका छन् ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो ।















प्रतिक्रिया