६ कार्तिक २०८३, शुक्रबार

सीता दाहालको निधनको सातौँ दिनको आयोजित श्रद्वाञ्जली सभा (तस्वीरहरू)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनको सातौँ दिनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्वाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।

श्रद्वाञ्जली कार्यक्रममा सीताको जीवनीसमेत वृत्तचित्रमा देखाइएको थियो ।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रद्वाञ्जलीसभामा उपस्थित हुने र धर्म पत्नीको निधनप्रति समवेदना दिने सबैलाई धन्यवाद दिएका थिए ।