५ कार्तिक २०८३, बिहिबार

सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा रहेको छ ।

सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी परेकामा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बाँकी सुनुवाई अब भोलि हुनेछ ।

बन्दी प्रत्यक्षीकरण रिटसहित प्रहरीको भ्याकेट निवेदनमाथि पनि संयुक्त रूपमा सुनुवाई भइरहेको छ ।