
काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिक यात्रा निकालेको छ ।
काठमाडौंको मैतीदेवीबाट सुरू भएको धार्मिक यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो ।
हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुन:स्थापनाका लागि भन्दै जनमत सिर्जना गर्न आयोजना गरिएको पदयात्रामा राप्रपाका नेताहरू, धर्मगुरूहरू, विभिन्न धार्मिक संघसंस्थाका अगुवाहरू लगायतको सहभागीता रहेको थियो ।
देशको सनातन धर्म संस्कृति जोगाउनका लािग राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउदै लैजाने राप्रपाका नेताहरूले बताएका छन् ।















प्रतिक्रिया