५ कार्तिक २०८३, बिहिबार

मेयर बालेनले मन्त्रालयमै पुगेर गरे मन्त्री मोदीसँग छलफल

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीसँग छलफल गरेका छन् ।

सोमबार मन्त्रालयमै पुगेर बालेनले मोदीसँग छलफल गरेका हुन् । बालेनले मन्त्री मोदीलाई महानगरको जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या राखेका थिए ।

बालेनले मोदीलाई सहयोगका लागि आग्रह गरेका हुन् । सोमबार नै ककनीका स्थानीयले फोहोरका गाडी रोकेका छन् । मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए ।

मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गरे ।