५ कार्तिक २०८३, बिहिबार

२०७९/८० मा काठमाडौंमा बढ्यो अपराधका घटनाहरू

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । आर्थिक बर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरू बढेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरू बढेको जनाएको हो ।

२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्धा दर्ता भएका छन् भने अभद्र व्यहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएकोे कार्कीले बताए । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा प्राप्त २ हजार १ सय ६२ उजुरीमध्ये ६ सय ४१ को मात्रै फर्छौट भएको छ । कार्कीले अनलाईन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरू पनि पछिल्लो समय बढ्दै गएको बताए ।

कार्कीले काठमाण्डौ जिल्लामा देखिएका अपराधका चुनौतीहरूलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए । कार्कीले नाकामा प्रविधीयुक्त प्रणाली जडान गरी अपराध नियन्त्रणतर्फ ध्यान दिने धारणा राखे ।

त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरू हुन तथा गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरीने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाडौं निर्माणको अवधारणालाई मुर्तरुप प्रदान गर्ने कार्कीले बताए ।