
काठमाडौं, १ साउन । ठमेलस्थित एलओडी क्लबका म्यानेजर र रिसेप्सनिस्ट पक्राउ परेका छन् ।
क्लबका म्यानेजर सहदेव सेढाई र रिसेप्सनिस्ट सपना ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो । एलओडीबाट एक नाबालिकालाई ललितपुर पुर्याएर बलात्कार गरेको घटनामा उनीहरू पक्राउ परेका हुन् ।
नाबालिगलाई क्लबमा प्रवेश दिएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकी ढुंगानालाई जमानीमा रिहा गरिएको छ भने म्यानेजर सेढाई प्रहरी हिरासतमै छन्।
यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर सरकारी वकिल कार्यालयले छाड्न आदेश दिएपछि उनीहरू असार २८ गते छुटेका थिए।















प्रतिक्रिया