
काठमाडौं, २८ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजमा विद्यमान सबै प्रकारका विभेदहरूलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले बिहीबार काठमाडौं आयोजना गरेको आदिवासी जनजाती महिला अधिकार नीतिस्तरमा नेतृत्व सम्बन्धी राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै उपराष्ट्रपति यादवले समाज र सरोकारवालाहरूलाई सहज गराउँदै समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका हुन् ।
मानवअधिकारका विश्वव्यापी मूल्यमान्यताले समाजमा विद्यमान सवै प्रकारका विभेद अन्त्य हुनुपर्नेमा जोड दिएकाले सम्मेलनमार्फत यसलाई थप स्थापित गर्न उनले सुझाव दिए ।
त्यस्तै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आदिवासी जनजातीको संस्कृति भाषा र रहनसहनलाई जिवित राख्नुपर्ने धारणा राखिन् । उनले आदिवासी जनजातीको अधिकारका लागि जोडदार आवाज उठाउनुपर्ने बताइन् ।















प्रतिक्रिया