५ कार्तिक २०८३, बिहिबार

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद असोज २५ सम्म थप (मन्त्रिपरिषद्का निर्णयहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद थप गरेको छ । असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद आगामी असोज २५ गतेसम्म थप गरेको हो ।

सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माका अनुसार सरकारले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसिचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृति गर्ने निर्णय भएको छ। बैठकले भारतको गुजरातमा भारत लगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरुको समूह (जी२०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. पकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

यस्तै, सरकारले अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माणका लागि काभ्रेको बाहुनडाँडा सामुदायिक वनको २।५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पनि दिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को लागि मोटा धान प्रति क्विन्टल ३ हजार १९८ र मध्यम धान प्रति क्विन्टल, ३ हजार ३ सय ६२ न्युनतम समर्थन मूल्य तोक्नेनिर्णय पनि बैठकले गरेको छ ।

नेपाल विद्युत प्राधिकरण, चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहमा रहने संरचना निर्माण कार्यका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नम्बर २ र ३ स्थित करिव ७ हजार ३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने सरकारले निर्णय गरेको छ ।