५ कार्तिक २०८३, बिहिबार

सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको छ: गृहमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले सुशासनलाई आत्मसात् गरेर समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढेको र यसमा जनताको साथ प्राप्त भएको बताए ।

उनले सुशासनका लागि सरकारले गरेका कामबाट कुनै हालतमा बिश्राम नलिने स्पष्ट पारे । धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन्, दोषी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको धारणा राखे ।

साधनस्रोतको सीमाकाबीच गृह मन्त्रालयको कामलाई अगाडि बढाउन प्रयत्न गरिएको उनको भनाइ छ । श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको पनि बताए ।