
काठमाडौं, २७ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव कार्कीको नियुक्तिविरूद्व परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सपना प्रधान मल्लको इजालले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरको हो । मुद्दाको अन्तिम किनारा नलागेसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न, नगराउन पनि सार्वोच्चले आदेश दिएको छ ।
सरकार गठनमा सभामुखसमेत संलग्न भएको दाबी गर्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै रिट दायर गरेका थिए ।
कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको समेत माग गरेका थिए ।















प्रतिक्रिया