५ कार्तिक २०८३, बिहिबार

कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्तिविरूद्वको रिटमा सुनुवाई सकियो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्व परेको रिटको सुनुवाई सकिएको छ ।

न्यायाधीस सपना प्रधान मल्लको इजलासमा सुनुवाई सकिएको हो । रिटको फैसला आजै सुनाउने तयारी रहेको छ ।

पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री नियुक्तिमा सभामुखको पनि संलग्नता असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका थिए ।